काठमाडौं– युवापुस्तामा ट्याटु खोपाउने फेसन चलेको छ। दीर्घकालीन असर हेरेर मात्र ट्याटु खोपाउनु उपयुक्त हुन्छ। यसबारे राम्ररी बुझेर निर्णय लिँदा पछि पछुताउनुपर्ने स्थिति आउँदैन।
कसरी खोपिन्छ ट्याटु?
ट्याटु खोप्न सामान्यतया कलाकारले मेसिन प्रयोग गर्छन् जसले सिलाइ मेसिन जस्तै काम गर्छ। ट्याटु खोेपिने प्रक्रियाले सामान्य दुखाइ त गराउँछ नै, यसले थोरै मात्रामा रक्तचापसमेत बढाउन सक्छ।
खतरा निम्तिन सक्छन
– यसले छालाको प्राकतिक प्रक्रिया उल्लंघन गर्छ। अर्थात् छाला संक्रमण र अन्य जटिलता उत्पन्न गराउन सक्छ।
– यसमा प्रयोग गरिने रंगहरु रातो, हरियो, पहेँलो र नीला रंगले शरीरमा एलर्जी गराउन सक्छ।
– छालासम्बन्धी विभिन्न समस्याहरू हुन्छ। मसीको प्रयोगले घाउसमेत बनाउन सक्छ।
– रक्तचापसम्बन्धी विभिन्न रोग निम्त्याउन सक्छ।
– हेपाटाइटिस बी र सीको जोखिम पनि रहन्छ।
ट्याटु खोपाउनुअघि
ट्याटु खोपाउनुभन्दा पहिले राम्ररी विचार गर्नुहोस्। ट्याटु बनाउँदा थोरै समय लाग्छ तर यदि हटाउन खोजियो भने ६ महिनासम्म लाग्न सक्छ।
शरीरको उपयुक्त स्थान सावधानीपूर्वक छनोट गर्नुहोस्। तौल बढ्दा कतिपय भागमा बनाइएका ट्याटु विकृत हुन सक्छ।
सुरक्षामा जोड दिनुहोस्
ट्याटु खोपाउन इजाजत प्राप्त गरेको छ कि छैन निश्चित गर्नुहोस्। प्रत्येक प्रक्रियाका लागि सुरक्षात्मक पञ्जाहरुको प्रयोग गर्नुपर्छ।
ट्याटु खोप्ने प्रक्रिया सुरु हुन अघि सिल प्याकेजहरूबाट सुई र ट्यूबहरू निकालिएको हुनुपर्छ। सेवाग्राहीको बीच सबै उपयोगी उपकरणको प्रयोगका लागि एक तापक्रम नियन्त्रित ओटोक्लेब उपकरण प्रयोग गर्नुपर्छ।
यसको हेरचाह
१. छाला वरिपरी सफा राख्नुहोस्। नुहाउने बेला, नयाँ ट्याटू खोपेको छालामा पानी नपार्नुहोस्।
२. एक दिनको समयमा धेरै पटक ट्याटुयुक्त छालामा हल्का चिसो तथा नरम बनाउनुहोस्।
३. ट्याटु खोपेको भगलाई सूर्यबाट बचाउनुहोस्। केही हप्ताका लागि ट्याटु बनाइएको भागलाई घामबाट बचाएर राख्नुहोस्।
४. ट्याटुको उपचार गर्दा पानीका अन्य स्रोतबाट टाढा रहनुहोस्।
५. ट्याटुमा किटाणुहरुले असर पुर्याउनसक्ने भएकाले लुगाको प्रयोगमा विशेष सावधानी अपनाउनुहोस्।
६. ६ हप्तासम्म विशेष सावधानी अपनाउनुहोस्। संक्रमणको जोखिम बढाउने र डिजाइनलाई क्षति पुर्याउने क्रियाकलापबाट टाढा रहनुहोस्।
७. स्वास्थयमा केही समस्या आएको अनुभव भए डाक्टरलाई सम्पर्क गर्नुहोस्।