एजेन्सी–भारतको कर्नाटकमा एउटा विवाह बीचमा नै रोकिएको छ। विवाह रोकिनुको कारण निकै रोचक छ। वास्तवमा दुलहाका परिवारलाई दुलहीले लगाएको साडी मन नपरेपछि विवाह रोकिएको हो।
यहाँ याद गर्नुपर्ने कुरा के छ भने यी दुईको प्रेम विवाह हुँदैथियो। घटना बुधबारको हो। हासन जिल्लाका २९ वर्षका दुलहा बीएन रघुकुमार अहिले फरार छन्।
हासनका एसपी श्रीनिवास गौडाले भारतीय संचार माध्यमसँग गरिएको कुराकानी अनुसार रघुकुमार र बीआर संगीता विगत एक वर्षदेखि प्रेममा थिए। यी दुईले विवाह गर्ने निश्चित गरे। परिवारबीच पनि सहमती भयो। बुधबार जब केही विधि अपनाइँदैथ्यो तब संगीताको साडी रघुकुमारका आमा–बुवालाई उनको साडी मन परेन।
उनीहरुलाई साडीको क्वालिटी खराब लाग्यो जसका कारण संगीतालाई साडी परिवर्तन गर्न भनियो। यो तिलजस्तो विषय पहाड बन्यो र दुलहाका आमा–बुवा रिसाए। उनीहरुले बिहिबार हुने विवाह रद्द गरे र छोरालाई घरबाट भगाइदिए।
पुलिसले रघुकुमारविरुद्ध धोकाको मुद्दा दर्ता गरिएको छ।