एजेन्सी– हामी विभिन्न काम विशेष तथा घुम्न देश विदेश गइरहन्छौँ। घुम्न जाँदा धेरै कुरा याद गर्नुपर्ने हुन्छ।त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण हो, आफूलाई चाहिने औषधि।
घुम्न जाने ठाउँको मौसम र वातावरण जानी राख्नुपर्छ। वातावरणका कारण बिरामी पर्न सक्ने सम्भावना हुन्छ। यात्रामा निस्किँदा मौसम,वातावरण र खानेकुरा नमिलेर पनि बिरामी पर्ने सम्भावना हुन्छ।
यात्रामा निस्कदा हातखुट्टा दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने हुनसक्छ।त्यसै पनि प्राथमिक उपचारका सामग्री बोकेर हिँड्नुपर्छ।खाना नमिल्दा पनि समस्या आउन सक्छ।
डाइजिन अथवा खाना पचाउने औषधि साथमा राख्दा राम्रो हुन्छ।औषधि नभेटिन पनि सक्छ। यात्रामा निस्किँदा कुरामा ध्यान पुर्याउन सके यात्रा स्वस्थकर र सुखमय बन्न सक्छ।