काठमाडौं – स्वस्थ रहने एक उपाय हाँस्नु पनि हो। जसले शररिलाइ पीडाबाट मुक्त गर्न सहयोग गर्दछ। व्यस्त दिनचर्या र तनावका कारण आजभोलि मानिस खुलेर हाँस्दैनन्। तर दिनहुँ १० मिनेट खुलेर हाँस्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ।
हास्नुका फाइदाहरू
१. हाँस्दा खेरी रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र मस्तिष्कमा इन्ड्रोफिन नामको रसायन उत्पादन गर्छ।
२. हाँस्दा रक्तसञ्चार राम्रो हुन्छ।
३. तनाव, पीडा, झगडालगायत समाप्त गर्ने शक्ति हुन्छ। मानिसको दिमागमा औषधिले गर्न नसक्ने काम हाँसोले गर्छ।
४. हाँस्दा शरीरलाई बढी मात्रामा अक्सिजन प्राप्त हुन्छ। यसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ।
५. हाँसोले पीडाबाट राहत दिलाउँछ। १० मिनेटसम्म हाँस्दा दुखाइबाट आराम मिल्छ। मीठो निद्रा लाग्छ।
६. शरीरमा सकारात्मक ऊर्जाको विकास हुन्छ।
७. शरीरले आनन्द महसुस गर्छ।
८. हाँस्दा मुटुको व्यायाम हुन्छ। रक्तसञ्चार राम्रो हुन्छ।
९. खुलेर हाँस्दा हृदयाघातको जोखिम कम हुन्छ।
१०. हाँस्दा अनुहारमा रक्त प्रवाह बढाइदिनुका साथै आँखा चम्किलो बनाइदिन्छ र तनाव घटाइदिन्छ।