काठमाडौं– हामी बसेको वातावरणले पनि हामीले खाने खानालाई प्रभाव पार्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। किनकी आहारको उचित परिवर्तनले यस्ता समस्याहरूको समाधान गर्न पनि सकिन्छ।
शारीरिक तथा वातावरणीय समस्या
स्वास्थ्यका लागि खाना लाभदायी हुन्छ, तर स्वास्थ्यलाई असर गर्ने किसिमका आहारले भने, हाम्रो जीवनलाई झन् कष्टकर बनाई दिन्छ। यदि हामीले आहारमा ध्यान दियौं र सहि तरिकाले यसलाई परिवर्तन गर्यौं भने, हामी बसेको वातावरण पनि स्वतः परिवर्तन हुन थाल्छ।
आहारले कसरी वातावरणमा प्रभाव पार्न सक्छ भन्ने धेरैलाई लाग्न सक्छ तर विभिन्न अध्ययनअनुसार यो कुरा पुष्टी भइसकेको छ।विशेष गरी वातावरणमा उब्जनी भएका प्रकृतिजन्य आहारबाट वातावरणमा हुने कार्वन उत्सर्जनलाई घटाउनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
त्यसकारणले जीवनशैलीको उचित परिवर्तनले आफ्नो जिवनमा मात्र होइन वातावरणमा पनि प्रत्यक्ष फाइदा पुर्याइरहेको हुन्छ।हामीले गर्ने हरेक क्रियाकलापलाई आहारले प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ। त्यसैले शारीरिक स्वास्थ्यसँगै दैनिक क्रियाकलापमा पनि सकारात्मक परिवर्तन ल्याउन आहारको अत्यन्तै महत्व रहेको छ।
स्मरण शक्ति र एकाग्रतामा ह्रास
उचित आहारको परिवर्तनबाट स्मरण शक्तिमा वृद्धि हुन्छ। आहारले शारीरिक स्वस्थ्यभन्दा मानसिक स्वास्थ्यमा बढी प्रभाव परिरहेको हुन्छ। बढी चिनीमिश्रित आहारले स्मरण शक्ति र एकाग्रतामा असर पार्छ।
चिनीमिश्रित सोडा प्रयोग गरिरहेको खानाका कारणले अल्जाइमरसमेत हुने गरेको पाइएको छ। ब्दाम, हरिया सागपात, काजु, ओखर आदिको आहारबाट स्मरण शक्ति तीक्ष्ण हुनुका साथै यसले एकाग्रता अभिवृद्धिमा पनि असाधारण परिवर्तन ल्याउँछ।
पाचन प्रणालीसम्बन्धी समस्या
आहारको उचित परिवर्तनले पाचन प्रणालीमा प्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ। अपच हुने, वान्ता हुने जस्ता समस्या समाधानका लागि आहारको उचित परिवर्तन अत्यावश्यक छ। वातावरणमा उब्जिएका हरिया सागपात, खस्रा किसिमका खानेकुरा, छोक्रा भएका खानेकुरा आदिको आहारबाट पाचन प्रणालीमा अधिक मात्रामा सहयोग पुगिरहेको हुन्छ।
त्यसैले आहारविहारको उचित परिवर्तनले नै सोचमा परिवर्तन आउँछ र सोच परिवर्तनबाट नै समाज र जीवनशैली परिवर्तन हुने भएकाले आहारको उचित परिवर्तनले धेरै कुरामा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ।