काठमाडौं – ग्रिन टी स्वस्थ वर्धक पेयपदार्थ हो, जसले हाम्रो सरिरलाई अनेकौं किसिमले फाईदा पुर्याईरहेको हुन्छ। तर ग्रिन टी र हर्वल टीले त्यसभन्दा पनि बढि रिफ्रेस महशुस गराउने बैज्ञानिकहरुले पत्ता लगाएका छन्। पानी पछिको सबैभन्दा धेरै खपत हुने पेय पदार्थ नै ग्रिन टी हो।
तर यसलाई कहिले र कतिखेर लिने भन्ने चर्चा चुलिँदो छ। केही मानिसहरु भने खाना खाएपछि ग्रिन टी लिनु फाईदाजनक हुन्छ भन्छन, केही भने यसलाई प्रतिकुल असर पर्ने मान्छन। तर खाना पछि यसको सेवनले कसरी हाम्रो स्वास्थ्यमा असर पर्दछ भनी जान्न एकदमै जरुरी छ।
यदि खाना भन्दा ठिक पछि ग्रिन टी लिनाले शरिरमा आईरनको कमी हुने देखिन्छ। खाना खाने वित्तिकै ग्रिन टी खाँदा ग्रिन टी मा भएको क्याफिन र टेनिन भन्ने तत्वले हाम्रो खानामा भएको आईरनमा ह्रास ल्याउने भएकाले हामीलाई कालान्तरमा आईरनको कमी हुने देखिन्छ। यस्तै खाना खाने वित्तिकै ग्रिन टी खादा ग्यास्ट्रीकको पनि समस्या हुन्छ।
यसले हाम्रो पेटमा भएको ग्यास्ट्रीक जुसलाई अझ पातलो बनाउने काम गर्छ जसको कारण हाम्रो पाचन प्रक्रिया नै विग्रिन जान्छ। विज्ञहरुले खाना र ग्रिन टी लिने अन्तर कम्तिमा ४५ मिनेटदेखि १ घण्टाको हुनुपर्ने बताएका छन। यसरी ग्रिन टी लिँदा शरिरलाई फाईदा पुग्नुका साथै शारिरिक सुगठनका लागि पनि फाईदाजनक हुन्छ। यस्तै खाली पेटमा ग्रिन टी खानु वेफाईदा हुने विज्ञहरुको भनाई छ।