काठमाडौं– एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन चीन जाने भएको छ। पर्यटन मन्त्रालय स्रोतको अनुसार सो जहाज आगामी फागुन ३ गते चीन जाने भएको हो।
परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ। समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन्। काेराेना भाइरसको सुरुवात भएको चीनको वुहानमा करिब १ सय ८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने बताइएकाे छ।
वुहानमा अध्ययनका लागि गएका नेपालीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन्। उनीहरुका अभिभावकहरुलेपनि आफ्ना छोराछोरीको छिटै उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए।