एजेन्सी– दक्षिण कोरियाली चलचित्र प्यारासाइटले यो वर्षको अस्कर्समा उत्कृष्ट चलचित्रको पुरस्कार जितेर नयाँ कीर्तिमान बनाएको छ। सो चलचित्र उक्त पुरस्कार जित्ने अङ्ग्रेजीबाहेक अन्य भाषामा बनेको पहिलो चलचित्र हो।
जोकर चलचित्रका लागि ओआकिन फिनिक्सले उत्कृष्ट नायक र जुडी चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको पुरस्कार जितेका छन्।
ब्र्याड पिटले वन्स अपन अ टाइम इन हलिउडका लागि उत्कृष्ट सहनायक र लौरा डेर्नले म्यारिज स्टोरी का लागि उत्कृष्ट सहनायिकाको पुरस्कार हात पारेका छन्।
प्यारासाइटले उत्कृष्ट निर्देशनसहित चारवटा उपाधि जित्यो भने सर साम मेन्डेसको 1997 चलचित्रले तीनवटा उपाधि जितेको छ।बीबीसी