सप्तरी– सप्तरीमा सरकारी कागजात कीर्ते गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन्।
राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मालाई सरकारी काज कीर्ते गरेको आरोपमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताएका छन्।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारुले विश्वकर्मा्विरुद्ध लिखित उजुरी दिएकाले पक्राउ गरिएको प्रनाउ भारतीले बताएका छन्। जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य थालिएको उनले बताएका छन्। रासस