एजेन्सी – पानीपुरी आँटा वा सुजी मिलाएर तेलमा पकाएर बनाइन्छ। यस किसिमको पानीपुरी भारतको बनारसबाट शुरु भएको बताइन्छ। भारतमा पानीपुरी निकै रुचाइन्छ। त्यही पानीपुरी अचेल नेपालका हरेक शहरमा पुगिसकेको छ।
अस्वस्थ्यकर पानीपुरी
पानीपुरीलाई स्वस्थ्यकर ढंगले बनाउने र खाने हो भने यसले स्वास्थ्यलाई हानि गर्दैन। तर बजारमा उपलब्ध पानीपुरी हानिकारक हुन्छ, किनकी सडकमा पानीपुरी बनाउने तरिका स्वस्थ्यकर हुँदेन्।
पुरी बनाउनेदेखि आलु मिश्रण गर्ने वा इमली बनाउने सबै काम अस्वस्थ्यकर ढंगले गरिन्छ। पानीपुरीमा हानिकारक मिसावट पनि गरिन्छ।
पुरी बनाउनका लागि प्रयोग गरिने तेल होस् वा आलु सबै अस्वस्थ्यकर नै हुन्छ। अस्वस्थकर हुने हुँदा भारत र नेपालका कतिपय स्थानमा पानीपुरी बेच्न रोक लगाइएको छ। अस्वस्थकर पानीपुरी खाँदा त्यसले आन्द्राको क्यान्सर समेत गराउने सम्भावना भएको चिकित्सकहरू बताउँछन्। तर पानीपुरी घरमै स्वस्थ्यकर ढंगले बनाएर सेवन गर्न सकिन्छ, यसो गर्दा स्वास्थ्य बिग्रेला भन्ने चिन्ता हुदैन्।
विशेषगरी, युवतीमाझ पानीपुरी र चटपटे लोकप्रिय छ। कतिपयले खाजाका लागि खान्छन् भने कतिले स्वादका लागि खान्छन्। पानीपुरी र चटपटेको संस्कृति भारतबाट सुरु भएको हो। पछिल्लो समयमा यो नेपालमा समेत व्यावसायिक रूपमै अघि बढेको छ। साथै यी पदार्थ एसियाका अन्य केही देशमा समेत खाने गरिन्छ।