पोखरा– पोखराको नयाँ पुल नजिकैबाट एक व्यक्ति सेती नदीको खोँचमा खसेका छन्।
आज बिहान कुकुरलाई होर्याएर हिँडेका करिब २२, २३ वर्षका युवक आकाश गुरुङ सेती नदीको खोँचमा खसेको स्थानीयले बताएका छन्।
बिहान कुकुर लिएर हिँडेका गुरुङको सुरुमा कुकुर खसेको र कुकुरलाई बँचाउन लाग्दा आफैँ खसेर खोँचमा परेको बताईएको छ।
अहिले प्रहरी र स्थानीयको सहकार्यमा गुरुङको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।