काठमाडौं– अत्यन्त लाभदायक सब्जी हो, सजिउँन। सजिउँनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ। नेपालमा सहजै पाइने सजिउँनको औषधीय गुणका बारेमा भने कमैलाई थाहा होला।
छिप्पिएको सजिउँनको कोसा कडा हुने हुँदा धेरैले मन पराउँदैनन्, तर कलिलोमा भने निकै मुलायम हुन्छ। यो सब्जीको औषधीय गुण यति धेरै छ कि, सायदै अन्य कुनै सब्जीमा पनि पाइएला। सजिउँनलाई दक्षिण भारतमा व्यापक प्रयोग गरिन्छ, भने नेपालमा पनि यसको खेती गर्न थालिएको छ।
सजिउँनको पात पनि औषधीय गुण बोकेको वनस्पतीमा पर्छ, जसलाई सितलचिनी भनेर चिनिन्छ। वनस्पती वैज्ञानिकहरुका अनुसार सजिउँनका सम्पूर्ण अंगमा औषधीय गुण हुन्छ। भारतमा यसलाई सहजन भनेर चिनिन्छ, भने अंग्रेजीमा ड्रमस्टिक भनिन्छ। नेपालमा औषधीय गुण नबुझेर होला, सजिउँनको प्रयोग ज्यादै न्यून देखिन्छ। सजिउँनको गेडाबाट तेल निकालिन्छ, जुन अमूल्य औषधि मानिन्छ।
आयुर्वेदमा सजिउँनको प्रयोगले ३ सयभन्दा बढी रोगको निदान हुने भनिएको छ। सजिउँनको फूल, फल, डाँठ, कोसा र पात यति पोषक मानिन्छ कि, विश्व स्वास्थ्य संगठनको मार्गदर्शनले दक्षिण अफ्रिकाको कयौं देशमा कुपोषण पीडितहरुलाई आहारको रुपमा सौजुन प्रयोग गर्न सल्लाह दिएको छ।
यस्ता छन्, सजिउँनका गुण
– सजिउँनको पात सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगतलाई शुद्धीकरण गर्दछ, भने यसले हड्डीलाई मजबुत बनाउन पनि राम्रो भूमिका खेल्छ। कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ, यसको उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ, रोघा–खोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ।
– गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ, छालासम्बन्धी संक्रमणबाट जोगाउँछ, सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ, सजिवनको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ, सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ।
– सजिवनको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ। सजिउँनको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ, सजिउँनको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ, कलेजो खराब हुनबाट जोगाउँछ।
– चोट–पटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ, छालाका लागि सजिउँनको पत्ता उपयोगी मानिन्छ, सजिउँनको तेल कपालका लागि उत्तम मानिन्छ, मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ, शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ, भने पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्न मद्दत पुर्याउँछ।