राजविराज– सरकारी कागज किर्ते गरेको आरोपमा प्रहरीले सप्तरीका एक कर्मचारीलाई पक्राउ गरेको छ। राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालय मालपोत शाखाका खरिदार नबिन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।
सरकारी काज किर्ते गरेको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारुले विश्वकर्माविरुद्ध लिखित उजुरी दिएको डीएसपी तिलक भारतीले बताए।
कार्यालयको १० नम्बर फाँटमा कार्यरत विश्वकर्मालाई पक्राउ गरी सरकारी कागज किर्ते मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी कारवाही थालिएको डीएसपी भारतीले बताए।