काठमाडौं– मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमा विश्वविख्यात सफ्टवेयर निर्माता कम्पनीको रुपमा स्थापित माइक्रोसफ्टको क्लाउड सेवा उपलब्ध गराउने भएको छ। आजियाटा माइक्रोसफ्टको क्षेत्रीय साझेदार भएकै कारण माइक्रोसफ्टले नेपालमा एनसेलमार्फत आफ्नो सेवा दिन लागेको हो।
माइक्रोसफ्टले गएको बिहिबार एक कार्यक्रमका बिच नेपालमा एनसेलमार्फत आफ्ना क्लाउड सर्भिसहरु उपलब्ध गराउने घोषणा गरेको छ। साे घोषणासँगै विश्वव्यापी रुपमा माइक्रोसफ्टले प्रदान गरिरहेका सञ्चार, सहकार्य, सुरक्षा, ईआरपी, एआई, डेटा आदि प्राविधिक सेवाहरु एनसेलले नेपालमा दिनसक्ने भएकाे हाे।
सो क्लाउड सर्भिससँगै नेपालमा एनेलले माइक्रोसफ्टको सेक्यूरिटी, एआई, बिग डाटालगायतका सेवाहरु दिनेछ। सबै कम्पनीहरु क्लाउडमा गइरहेको अवस्थामा एनसेलले सरकारी निकाय सहित, स्टार्टप र अन्य कम्पनीहरुका लागि आफ्नो क्लाउड सर्भिस उपलब्ध गराउनेछ।