काठमाडौं– विजयसाल हात्तीपाइले रोगको उत्कृष्ट औषधि हो। तर यो नेपालमा लोपोन्मुख अवस्थामा छ। यस्ता औषधिको रिसर्च गर्नुपर्ने अवस्था अहिले आएको छ। यसको वैज्ञानिक नाम ‘टेरोकार्पस मार्सुपियम’ रहेको छ।
यसलाई विकसित मुलुकमा औषधीको रूपमा प्रयोग गर्दछन्, भने यसको प्रयोगबाट थुप्रै रोगको उपचार गर्न सकिन्छ। यस्ता औषधीहरु हाम्रो जंगलमा लोपोन्मुख हुदैछन्। हाम्रो देशमा यस्ता औषधि प्राय समाप्त हुदैछन्। विजयसालको बोक्रा पातबाट औषधि निर्माण गर्न सकिने देखिएको छ।
नियमित यसलाइ भाडामा राखेको पानी सेवन गर्नाले मधुमेह, हात्ती पाइले रोग जस्ता अनेकौं रोग निको बनाउन सकिने देखिएको छ। हाम्रो जंगलमा यस्ता जडिबुटीहरु छन्, जुन बहुमुल्य पनि छन्। जस्तैः श्रीखण्ड, टिमुर, विजयसाल, सतिसाल, सुगन्धवाल, चिराइतो, तेजपात, लौठसल्ला, केशर, सुगन्ध कोकिला, सर्पगन्धा, अश्वगन्धा लगायत हजारौं प्रकारका जडिबुटीको संरक्षण गर्नुपर्ने देखिन्छ।
यस्ता बहुमुल्य जडिबुटीहरुलाई समयमै ध्यान पुर्याउन नसकेमा लोप हुने खतरा बढ्दै छ। हात्तीपाइले रोग, मधुमेह, कुष्ठरोग र चर्मरोग, जीउमा सेतो दाग र रातो, गहिरो घाउ आएमा, पिसावका रोग, आँखाको संक्रमण, पखाला, ग्याष्ट्रिकको कारणले मुटु पोल्ने, रक्त विकार जस्ता रोगको उपचार गर्न यसको चूर काठलाई पानीमा रातभरी भिजाउँदा प्राप्त हुने पानी वा काठको चूर्ण सेवन गराउन सकिन्छ।