काठमाडौं– बजाजले आफ्नो चर्चित पल्सर २२० एफलाई नयाँ प्रदुषण मापदण्ड अनुसारको इन्जिनमा अपग्रेड गरेको छ। योसँगै यसको मूल्यमा करिब ८ हजार रुपैयाँले बढेको छ।
भारतमा यसको मूल्य १ लाख १६ हजार २६३ रुपैयाँ तोकेर बुकिङ्ग खुल्ला गरिएको अटोकार इन्डियाले जनाएको हाे। यसअघि यो मोटरसाइकलको एक्स शोरुम मूल्य १ लाख ८ हजार ३२६ रुपैयाँ रहेको थियो।
कम्पनीले खासै ठूलो परिमार्जन नगरेको पल्सर २२० मा नयाँ फ्युलिङ मेथोड र नयाँ एग्जस्ट सिस्टम दिइएको छ। कम्पनीले यसलाई आफ्नो पुरानो काब्रुरेर्ट इन्जिन टेक्नोलोजिलाई परिमार्जनगरि नयाँ एफआई इन्जिन दिएको छ।
यसका अधिकांश फिचर रेगुल मोडलका जस्तै हुने अनुमान गरिएको छ। यद्यपी बजाजले आधिकारिक रुपमा भने यसबारे जानकारी बाहिर ल्याईसकेको छैन।
नयाँ बीएस ६ इन्जिनको पावरको विषयमा खासै जानकारी नदिएको भएपनि पुरानोको तुलनमा पावर केही घट्ने अनुमान गरिएको छ। यसअघिको मोडलले ८५०० हारपीएममा २०.९ बीएच पावर र ७००० मा १८.५ एनएम टर्क प्रदान गर्दछ।
नेपालले नयाँ प्रदुषण मापदण्ड नतोकेको र बजाजले नेपालमा नै मोटरसाइकल उत्पादन गर्दै आएको परिप्रेक्षमा तत्काल नेपालमा बिएस ६ मापदण्डको मोटरसाइकल नआउन सक्छ। नयाँ मापदण्डको मोटरसाइकल तत्काल नेपाल नआउने हो भने यसले नेपालको बजारमा मूल्यमा खासै भिन्नता ल्याउने छैन।