काडमाडौं– अनुसन्धानकर्ताका अनुसार जोर्नी तथा मांसपेशीको दुखाईका लागि ल्वाङको प्रयोग एकदमै प्रभावकारी हुन्छ। दाँत दुखेको होस् वा गिजा दुखेको, एउटा ल्वाङ चपाउँदा दुई घण्टामै निको हुन्छ। ल्वाङमा भएको इजेनोल नामक तत्व प्राकृतिक एनेस्थेटिक मानिन्छ।
विभिन्न प्रकारका जाेर्नी दुखाइ कम गर्ने खानपानबारे यहाँ चर्चा गर्याैंः
प्याजको रस– कान दुख्यो भने तातो बनाइएको प्याजको दुई थोपा रसलाई दैनिक दुईपटकका दरले ५ दिनसम्म राख्यो भने कान दुख्ने समस्या निको हुन्छ। यसले अन्य मेडिकल औषधिले भन्दा चाँडो कानको संक्रमण निको पार्छ। वैज्ञानिकका अनुसार प्याजमा पाइने जर्मानियम, सेलेनियम र सल्फर तत्वले दुखाई गराउने ब्याक्टेरिया मार्छन्।
माछा– पेटको समस्याका लागि पाचनमा समस्या भएमा माछाको नियमित सेवन प्रभावकारी हुन्छन्। अध्ययनका अनुसार माछामा पाइने इपिए तथा डिएचए नामक फ्याटी एसिडले पेटको जलन तथा पेट दुखाई निको पार्न मद्दत गर्छ। इपिए र डिएचएले ग्याष्ट्रोइन्टेस्टीनल ट्र्याक्टको कार्यमा सुधार गर्छन्।
दही– महिनावारीअघिको पीडाका लागि विश्वभर ८० प्रतिशत महिलाहरु महिनावरीको चक्रअघि हुने दुखाईबाट पीडित हुन्छन्। यसका लागि दही उपयोगी हुने बताइन्छ। दहीमा पाइने क्याल्सियम तथा खनिजले हर्मोनका कारण हुने पीडालाई निको पार्न मद्दत गर्छन्।
गोलभेंडाको जूस– खुट्टाको ऐंठनका लागि अध्ययनअनुसार ५ जनामा एकजना खुट्टाको क्र्याम्प अर्थात् ऐंठनबाट पीडित भइरहेका हुन्छन्। पोटासियमको कमीका कारण यस्तो भएको हो। यसका लागि खानामा पोटासियम समावेश गर्नुपर्छ। दैनिक गोलभेंडाको जुस पिउने हो भने यो समस्या हटेर जान्छ।
चेरी– जोर्नी दुखाईका लागि पछिल्लो अध्ययनअनुसार चार महिलामा एक महिला आर्थराइटिसस, क्रोनिक टाउको दुखाई तथा जोर्नी दुखाईबाट पीडित छन्। यस्ता समस्याका लागि चेरी उपयोगी मानिएको छ। चेरीलाई रातो बनाउन मद्दत गर्ने एन्थोसाइनिन्स नामक तत्व पीडा घटाउनमा सहयोगी हुन्छन्। यो आइबुफ्रेन र एस्पिरिनभन्दा १० गुणा बढी प्रभावकारी हुने बताइएको छ।