एजेन्सी– भारतको ओडिसामा एक बसमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार बसले ११ किलोवाटको पावर ट्रान्समिसनको बिजुलीको तार छुँदा आगलागी भएको हो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
प्रहरीका अनुसार आइतबार उक्त बस जंगलपाडुबाट चिकाराडातर्फ गइरहेको थियो । बसमा सवार यात्रुहरु नजिकैको गाउँमा हुने विवाह उत्सवमा सहभागी हुन गइरहेका थिए।
स्थानीयले घटनास्थल पुगेर घाइतेको बाहिर निकालेको र उनीहरुलाई बहरामपुर एमकेसीजी मेडिकल कलेजमा भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ। बीबीसी