काठमाडौं– डिसहोमले ‘डिस होममा डिलर दाइको डिस्काउन्ट’ नामक नयाँ अफर ल्याएको छ। ग्राहकलाई अझै बढी सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले ल्याइएको यस योजनामा डिसहोमको डिलरमार्फत् फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेबापत एड अन प्याकेजसहित साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर पाउनेछन्।
साथै हप्तामा २ जना भाग्यशाली ग्राहकले रु.एक/एक लाख नगद, उपहार स्वरूप प्रप्त गर्नेछन्। डिसहोमका अनुसार साप्ताहिक लक्की ड्र कार्यक्रम २०७६ माघ २७ बाट वार्षिक रिचार्ज गर्ने ग्राहकका लागि मात्र लागु हुनेछ।
लक्की ड्र फागुन २ गतेबाट डिसहोमको सोकेश च्यानल नम्बर १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएकाे छ। कम्पनीका अनुसार प्रत्येक हप्ताको शुत्रबारदेखि बिहीबारसम्म वार्षिक रिचार्ज गर्नु हुने ग्राहकलाई आउने शुत्रबारको लक्की ड्र मा समावेश गरिनेछ।
समावेश भएका ग्राहकको डिस होम सेट–टप बक्सको सीएएस आइडीको आधारमा डिजिटल प्रणालीबाट विजेताकाे घोषणा गरिनेछ। नेपालभरि रहेका जुनसुकै डिसहोमका डिलरमार्फत ग्राहकले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्ने डिसहोमले जनाएकाे छ।