काठमाडौं– मानव शरीरको एक महत्वपुर्ण अंग छाला हो। यो अंगले मानव शरीरलाई बाहिरबाट ढाकिएको हुन्छ। छालाको भित्रपट्टिको सतहमा कलेजिन र इलास्टिन नामका फाइबर हुन्छन्। यी फाइबरको काम छालालाई सपोर्ट दिने हो।
तर कलेजिन र इलास्टिन फाइबर कम भएपछि छालाले बिस्तारै आफ्नो स्थान छोडै जान्छ र छाला कमजोर र केही लचकदार पनि हुन्छ। कलेजिन र इलास्टिन निकै नै कम भएपछि छालाले पूरै ठाउँ छोड्छ र चाउरीपना आउँछ।
तातो पानीमा धेरै बेर नुहाउनु
तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड जस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुख्खा र फुस्रो बनाउँछ। त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन।
सुगन्धित साबुनले नुहाउनु
साबुनले मुख धुनाले मुखमा भएको मोस्चराइजर कम हुन्छ र अनुहार फुस्रो बन्छ। जीउमा दल्न पनि तेलमिश्रित साबुन, बडीवास अथवा सुगन्ध नमिसाइएको साबनु छान्नुपर्छ।
नुहाएपछि तौलियाले बेस्कन पुछ्नु्
नुहाएपछि हामी कपाल र शरीरलाई तौलियाले बेस्कन पुछ्ने गर्छौं। यसो गर्दा छाला रगडिने र यसको मोस्चराइजर उड्ने गर्छ। नुहाएपछि जोडले कपाल पुछ्यो भने कपाल झर्ने गर्छ। त्यसकारण नुहाएपछि तौलियाले बिस्तारै पुछेर शरीरलाई ओभानो बनाउनुपर्छ।
जाडोमा सन्सक्रिम नलगाउनु
जाडोमा घामले त्यति नपोल्ने भएकाले हामी गर्मीमा मात्र अनुहारमा सनस्क्रिन क्रिम लगाउने गर्छौं। तर, छालालाई हानि पुयाउने विकिरण सूर्यले वर्षभरि नै फाल्ने भएकाले जाडोमा सनस्क्रिन क्रिम लगाइएन भने अनुहार लगाएत घाँटी, गर्धन र हातको छाला बिग्रिन सक्छ।