पोखरा– पोखरा रंगशाला नजिकैको सेतीनदी खोँचमा खसेका एक युवकको सकुशल उद्धार गरिएको छ।
केही दिन अघि कुकुर सेतीनदी खोँचमा परेका कारण विहान कुकुरको उद्धारको लागि पानीको वोतल लिएर सेतीनदीको किनारामा कुकुरको आवाज सुन्दै हिँड्ने क्रममा एकाएक चिप्लेर खोँचमा परी केही बेर बेपत्ता भएका करिब २५ वर्षीय आकास गुरुङको प्रहरीको रेस्क्यू टोलीले सकुशल उद्धार गरेको हो।
रेस्क्यू प्रहरीको टोलीले उद्धारमा खटिएको करिब एक घण्टामै गुरुङ र उनको कुकुरको सकुशल उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ। सेतीनदीको खोंचमा झर्न पुगेका गुरुङको उद्धारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सामान्य उपचार पश्चात आफन्तलाई बुझाइएको जनाए।