एजेन्सी– सुजुकीले आफ्नो नयाँ जेनेरेशन जिम्नी भारतमा सार्वजनिक गरेको छ। कम्पनीले अटो एक्स्पो २०२० मार्फत सो जिम्नी सार्वजनिक गरेको हो।
यसका साथै कम्पनीले सन् २०२० मा नै नेपाली बजारमा पनि जिम्नी ल्याउने तयारी समेत गरेको छ। नेपालका लागि सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटो कर्पले यसलाई नेपाल ल्याउने तयारी सुरु गरेको हो।
जिम्नीमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन रहेको छ। जसले १०२ एचपी पावर प्रदान गर्ने कम्पनीको दावी रहेको छ। यसमा म्यानुअल र अटोमेटिक दुवै गियरबक्स अप्सन पनि दिइएको छ। अगाडिको ढोका निकै नै ठूलो राखिएको छ भने डोर ह्यान्डल बडी कलरमा राखिएको छ।
४ सिट क्षमता रहेको यो गाडीमा कम्पनीले फोर ह्विल ड्राइभ अप्सन दिइएको छ। राउन्ड हेडल्याम्प, छुट्टै इन्डिकेटर, एलइडी टेलल्याम्पको बीचमा स्पेयर टायर दिइएको जिम्नी निकै आकर्षक देखिन्छ।
यद्यपी सुजुकीले आधिकारिक रुपमा भने यसबारे सम्पूर्ण जानकारी बाहिर ल्याईसकेको छैन।