एजेन्सी– गर्भावस्था विशेष अवस्था हो। यो समयमा महिलालाई अरु बेला भन्दा बढी स्याहारको आवश्यकता पर्छ। सानो हेलचेक्रयाई गरेमा आमा तथा शिशुको ज्यान जोखिममा पर्न सक्छ।
त्यस्तै हरेक आमामा जन्मिने बच्चा कस्तो होला भन्ने कौतुहलता हुन्छ। बच्चामा जन्मजात कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भन्ने चाहना हुन्छ। गर्भावस्थाका वेला गरिएको गल्तीले पनि बच्चा अस्वस्थ र अपांग रूपमा जन्मिन सक्छ। गर्भवती समयमा यी कुराहरूमा सचेत हुनुपर्छ।
१. जाँच
तीन महिना पहिले नै थाइराइड, सिस्ट आदिको परीक्षण गराउनुपर्छ। गर्भावस्थाको तीन महिनाअघि नै फोलिक एसिड सेवन गर्नुपर्छ। यसले बच्चा र आमामा रगत कमी हुँदैन। गर्भधारण भएपछि नयमित जाँच गराइरहनुपर्छ।
२. संक्रमणबाट बच्नुस्
गर्भावस्थामा आमा भाइरल इन्फेक्सनबाट बच्नुपर्छ। विभिन्न संक्रमण गर्भमा रहेको शिशुमा पर्न सक्छ।
३. मद्यपान र धूमपान
मदिराको लतले गर्भ तुहिन सक्छ वा शिशुको विकास रोकिन सक्छ। धूमपानले बच्चाको कम तौल हुनेलगायत समस्या उत्पन्न हुन्छ।
४. पेय पदार्थ
गर्भावस्थामा जुस, तर, फलफूलको ताजा रसले फाइदाजनक हुन्छ। कोल्ड ड्रिंकमा धेरै चिनी र उच्च मात्रामा प्रिजर्भे्टिभ्सकोे प्रयोग भएको हुन्छ। आमा बच्चा दुवैका लागि फाइदाजनक छैन।
५. चटपटे
गर्भावस्थाको क्रममा शरीरमा हुने परिवर्तनको कारण केही चटपटे खानेकुरा खान मन लाग्छ। शिशुको स्वास्थ्यको लागिे जिब्रोलाई नियन्त्रणमा राख्नैपर्छ। चटपटे, पानीपुरी, कुरमुरे पिज्जा, बर्गर, स्ट्रिट फुड, आदि सेवन नगरेकै राम्रो हुन्छ।
६. शान्त वातावरणमा
धेरै होहल्ला वा अशान्त वातावरणमा बस्नु हुँदैन्। गर्भमा हुर्किरहेको बच्चाको श्रवणशक्ति प्रभावित हुन्छ। बच्चाको बोल्ने क्षमतामा पनि असर पर्छ।