एजेन्सी – ब्लड सुगरको स्तरमधुमेह रोगी, यसको औषधि सेवन गरिरहेका र इन्सुलिन लिइरहेकाले थाहा पाउनैपर्छ। मधुमेहको स्तर आफैँ जाँच गर्न सिक्नु राम्रो हुन्छ।
आफैँ जाँच गर्न ग्लुकोमिटरको आवश्यक पर्छ।यसमा तीनवटा पाटपुर्जा हुन्छन,डिजिटल यन्त्र,टेस्ट स्ट्रिप र रगत निकाल्ने ल्यान्सेट।
सफा पानीले हात धोएर सफा रूमालले पुछेर सुख्खा बनाउनुपर्छ।ल्यान्सेट निकालेर पञ्चरिङ पेनमा फिट गर्नुस्।
टुप्पामा भएको ढक्कन हटाएर ‘टिप एक्सपोज’ गर्नुस्।
मिटरले रगत मागेको संकेत गर्छ।औँलाको टुप्पालाई रेक्टिफाइड स्प्रिटले राम्ररी सफा गर्नुस्।
पेनमा भएको ल्यान्सेटलाई सफा गरिएको औँलामा टाँसेर पेनको बटम थिच्नुस्।
रगतको थोपालाई टेस्ट स्ट्रिपको टुप्पामा छुवाउनुस्।रगत विस्तारै टेस्ट स्ट्रिपमा जान्छ र केही सेकेण्डमै ब्लड सुगरको लेबल देखाउँछ।
ल्यान्सेट र स्ट्रिपलाई सुरक्षित ठाउँमा फयाँक्नुस्।