एजेन्सी– अफगानिस्तानको तालिवान समूहलाई हतियार बन्दोवस्तीको गर्दै आएका उक्त समूहका एक नेता मारिएका अफगानी अधिकारीले जनाएका छन्।
उत्तरी बल्ख प्रान्तमा सेनाले अबुवाकर भनिने मोहम्मद गुललाई लक्षित गरी गरेको हवाई आक्रमणमा उनी मारिएका रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ।
“अफगान वायु सेनाले अबुवाकरविरूद्ध लक्षित गरी आइतबार राति गरेको कारबाहीमा उच्च प्रविधिको हतियारको जिम्मेवारी सम्हाल्दै आएका उनको मृत्यु भएको छ,” मन्त्रालयद्वारा सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अबुवाकरले बल्ख प्रान्तको चिम्ताल जिल्लास्थित देलबर गाउमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्दै आएका अधिकारीले बताएका छन्। मृतक ती नेताले तालिवानी समूहलाई ‘लेजर विपन’को प्रवन्ध मिलाउने गरेका अफगानी सेनाले जनाएको छ।
अफगानिस्तानमा विगत १८ वर्षदेखि तालिवानी लडाकू अमेरिकी सेनाको सहयोग प्राप्त सरकारी सेनासँग लड्दै आएको छ।