काठमाडौं– आज प्रहरी महानिरिक्षक (आईजीपी) छनौटको लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री परिषद बैठक बस्दैछ। हिजो बसेको बैठकमा प्रहरी महानिरिक्षक (आईजीपी) छनौट गर्न नसकेपछि आज दिउँसो ३ बजेको लागि बैठक बोलाइएको हो।
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको आजदेखि सेवा अवधी सकिँदैछ। साथै उनका ब्याचका एआइजीहरुको पनि पदावदी सकिएकोले सरकारले आज डिआईजीमध्येबाट एकजनालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्नुपर्नेछ।
सरकारले प्रहरी ममहानिरीक्षक खनालको सेवा अवधीको समय थप गर्ने वा डिआइजीहरु ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल, सूर्य उपाध्यायमध्येबाट महानिरीक्षक नियुक्ति गर्नेछ।