काठमाडौं – अगरवूड संसारको सबै भन्दा महँगो रुख हो। अगरवूड विरुवा विविधता पूर्ण भौगोलिक वातावरण भएको ठाउमा पाइन्छ। उत्तर पूर्वी भारत देखि जापान,मलेसिया,म्यानमार,इन्डोनेसीया,कम्बोडिया,थाइल्याण्ड जस्ता विभिन्न देशहरुमा यो विरुवा पाउन सकिन्छ।
यो सामान्यतया समुन्द्री सतहबाट १८०० मिटरको उचाईसम्म हुर्कन्छ। भारतमा धेरै मात्रामा आसाममा यो विरुवाको खेति भइरहेको छ ।यस बाहेक पनि अन्य ठाउमा कृत्रिम तरिका बाट यसको खेति गर्न सकिन्छ।
अगरवूड उच्च महत्व भएको विरुवा हो। भारतमा आन्तरिक रुपमा पनि धेरै बजार लिएको यो राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पनि उत्तिकै छाएको छ। अगर को नामबाट प्रख्यात रहेको अगरवूड कम लगानीबाट, कम श्रम प्रयोग गरेर पनि सजिलै हुर्काउन सकिने,करिब ८ वर्षमानै मनग्य आम्दानी दिलाउने अति महत्वपूर्ण वृक्ष मानिन्छ।
यसका विशेषताहरु
यसलाई भगवानको वृक्षको नामले पनि चिनिन्छ। यसको प्रयोग विभिन्न धार्मिक कार्यहरु देखि लिएर औषधि तथा पियपदार्थ पनि बनाउन सकिन्छ। यसलाई चिनमा सजावटको रुपमा पनि प्रयोग गरिन्छ। अगरवूडलाई बुद्ध, मुस्लिम, हिन्दू सबै धर्मलम्बीको लागि अत्ती नै उपायोगी वृक्ष मानिन्छ।
यसकाे प्रयोग
अगरवूडको तेल विभिन्न रोगहरुमा जस्तै डिप्रेसन, क्यान्सर, दम, उच्च रक्तचाप, हेपाटाइटिस आदिको उपचारका लागि आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिन्छ। यसको काठबाट निकालिने तेललाई विभिन्न बास्तादार अत्तर बनाउन प्रयोग गरिन्छ भने, विभिन्न प्रकारका धुप, बास्नादार बस्तुहरु बनाउनमा पनि यसको प्रयोग गरिन्छ।
स्वास्थ्य क्षेत्रमा यसको फाइदा
थेरापीको रुपमा प्रयोग गर्दा अगरवूडको तेलले मानसिक तनाव , रक्तचाप , डिप्रेसन लगाएत विभिन्न मानसिक रोगबाट मुक्ति दिलाउन मद्धत गर्दछ भने, यसको तेल कलेजो र मृगौलाको समस्या तथा फोक्सो, पेटमा हुने ट्युमरको उपचारको लागि पनि प्रयोग गरिन्छ। यसको तेललाई दम, बाथ, यौन रोग आदिको उपचारको लागि प्रयोग गरिन्छ।