एजेन्सी– दुबईमा नेपालीका लागि एक दिने निशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ। नेपाली समाज यूएई र दुबईको रसिदिया पोलीक्लिनिकको सहयोगमा आउँदो फागुन २ गते शुक्रबार बरदुबईमा एक दिने स्वास्थ्य परीक्षण गर्न लागेको हो।
नेपाली समाजको स्वास्थ्य सचेतना अभियान अन्तर्गत स्वास्थ्य परीक्षणमार्फत नेपालीलाई सेवा प्रदान गर्न लागेको समाजका महासचिव वेदप्रसाद अर्यालले बताए।
बरदुबईमा शुक्रबारका दिन धेरै नेपाली जमघट हुने ठाउँ भएकाले समाजले आउँदो शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म स्वास्थ्य परीक्षणको कार्यक्रम राखेको छ।