एजेन्सी– चिसो थेरापीमा समेत भनिने क्रायोथेरापी सुरुवात जापानले १९७८ ताका गरेको थियो।यो थेरापीको लागि बिरामी स्वीमिङ सुटमा ‘क्रायो चेम्बर’मा प्रवेश गर्छन्।
यस च्याम्बरलाई लिक्विड नाइट्रोजन, कार्वन डाइअक्साइड स्नो वा डाइमेथीलेथर प्रोपेन जस्ता ग्यासको प्रयोगद्वारा माइनस ११० सेल्सियससम्म चिसो बनाइन्छ।त्यसमा बढीमा तीन मिनेट बिरामीलाई राखिन्छ।
केही समयका लागि छालाको माथिल्लो सतह जम्न सक्छ।शरीरलाई चिसो हुनबाट बचाउन उर्जा दिने वा दुखाइ कम गर्ने रसायन एण्डोफिर्न निर्माण गर्न थाल्छ र रक्तप्रवाह बढेर तनाव तथा दुखाइ कम हुँदै जान्छ। क्रायोथेरापी भनेको परिस्कृत रूप हो।
१. स्तन क्यान्सरको उपचार
योे एक अंग हो, आइस बल थेरापी।स्तन क्यान्सरको उपचारमा यो थेरापीको प्रयोग गर्न थलिएको छ।चिसोका कारण ट्यूमर बेअसर भइदिन्छ। यो उपायले क्यान्सर बढाउने टिस्यूलाई नै नष्ट गरिदिन्छ, क्यान्सर फैलिने सम्भावना न्युन हुने गर्छ।
२. पीडारहित विधि
१५–२० दिनको अन्तरालमा दोर्हयाएमा आर्थाइटिस अर्थात् गठिया रोगमा आराम मिल्छ। औषधीको मात्रा पनि कैयौँ गुणा कम हुन्छ।क्रायो चेम्बर्सको कृत्रिम चिसो सुख्खा हुन्छ।यो चिसोलाई आवश्यकता अनुसार मात्रै प्रयोग गर्न सकिन्छ।यसको मद्दतले कैयौँ प्रकारको गम्भीर रोगसित लड्न सकिन्छ।
३. क्यालोरी कम हुन्छ
मोटोपना कम गर्न पनि क्रायोथेरापी निकै प्रभावकारी मानिन्छ। धेरै चिसोमा बस्दा रक्तप्रवाह तीव्र भइदिन्छ।जसले गर्दा मेटाबोलिज्म प्रक्रिया पनि तीव्र भइदिन्छ।चार सय देखि आठ सय ‘क्यालोरी बर्न’ हुने गर्छ। एञ्जाइटी, मांपसेशीको खिचाव, ढाड दुख्ने समस्या, मुटु रोग तथा टाउको दुख्ने पुरानो समस्यामा क्रायोथेरापीले राहत प्रदान गर्दछ।