एजेन्सी– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले फेब्रुअरी १५ पाकिस्तानको भ्रमण गर्ने भएको छ।
गुटेर्रेस पाकिस्तान रहँदा राष्ट्रपति अरिफ अल्वी, प्रधानमन्त्री इमरान खान लगायतका उच्च अधिकारीसँग भेट्ने कार्यक्रम रहेको सरकारी स्रोतलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले आइतबार जानकारी गराए।
महासचिव गुटेर्रेसले पाकिस्तानमा रहँदा यहाँ कार्यरत संयुक्त राष्ट्रसंघका नियोगहरूको अवलोकन भ्रमण गर्नेछन्। एएनआई