काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल) को फ्रेन्चाइज टीम कोलकाता नाइट राइडर्स (केकेआर) ले आसन्न संस्करणका लागि नयाँ फिल्डिङ प्रशिक्षक नियुक्त गरेको छ। केकेआरले इंग्ल्याण्ड क्रिकेट टीमका पूर्व विकेटकीपर–ब्याट्सम्यान जेम्स पोस्टरलाई फिल्डिङ प्रशिक्षकमा नियुक्त गरेको हो। उनले इंग्ल्याण्डबाट २००१ देखि २००९ सम्म खेलेका थिए।
३९ वर्षीय पोस्टरले इंग्ल्याण्डका लागि ७ टेष्ट, ११ वानडे र पाँच अन्तर्रा्ष्ट्रिय टी–२० म्याच खेलेका छन। उनले भारतविरुद्ध २००१ मा डेब्यू टेष्ट म्याच खेलेका थिए । पोस्टरले सन् २०१८ बाट अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। १३ औँ सिजनको आइपीएलमा केकेआरले न्यूजिल्याण्ड टीमका पूर्वकप्तान ब्रेण्डन म्याक्लमलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ। अब फिल्डिङ कोच पोस्टरले म्याकलमसँग मिलेर केकेआरलाई उपाधि दिलाउन सहयोग गर्ने छन्। आइपीएल २०२० आउँदो मार्च २९ देखि सुरु हुनेछ।
कोलकाता नाइट राइडर्स (केकेआर) का स्पिनर प्रवीण ताम्बेले आइपीएलको १३ औं सिजन खेल्न नपाउने भएका छन्। सन्यास नलिँदै विदेशी लिग खेलेकाले ताम्बेले आइपीएल खेल्न नपाउने भएका हुन्। सन्यासबिनै विदेशी लिग खेल्ने भारतीय खेलाडीलाई आइपीएल खेल्न अनुमति छैन।
प्रवीण ताम्बे
बीसीसीआईको नियम विपरित उनले दुबईमा भएको टी–१० लिग खेलेकाले आइपीएल गुमाएका हुन्। ताम्बेलाई केकेआरले २०२० को सिजनका लागि २० लाख भारुमा टिममा अनुबन्ध गरेको थियो। अब उनको स्थानमा केकेआरले अरु खेलाडीलाई टोलीमा भित्र्याउन सक्छ। केकेआरले ताम्बेलाई ‘रिप्लेस’ गर्दै टिममा भित्र्याउन सक्ने स्पिनरः
केकेआरका प्रवीण ताम्बेको स्थान लिनसक्ने ३ खेलाडी
हेडन वाल्सः वेष्ट इन्डिजका हेडन पछिल्लो समय राम्रो बलिङ गरिरहेका छन्। उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ मा सर्बा्धिक विकेट लिएका थिए । यो सिजनमा हेडनले ९ म्याचमा २२ विकेट लिँदै टिमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सीपीएलमा गरेको शानदार बलिङसँगै हेडनलाई वेष्ट इन्डिजको राष्ट्रिय टिममा मौका मिलेको हो।
हेडन वाल्स
जनवरीमा आयरल्याण्डसँग भएको वानडे म्याचमा उनले अविजित ४६ रन बनाउँदै टिमलाई जित दिलाएका थिए। उनी बलिङसँगै ब्याटिङ पनि गर्न सक्छन् भन्ने यो गतिलो उदाहरण हो। लगातारको उत्कृष्ट प्रदर्शनका कारण हेडन कोलकाताबाट प्रवीण ताम्बे गएसँगै उनको स्थान लिन सक्छन्। केकेआरालाई लेग स्पिनरको जरुरत पनि छ। त्यो स्थानमा हेडन उपयुक्त हुन सक्छन्।
एडम जम्पाः अष्ट्रेलियन स्पिनर जम्पा पनि उत्कृष्ट बलिङ गर्दै आएका छन्। तर, पछिल्ला २ आइपीएल अक्सनमा उनी ‘अनसोल्ड’ रहे। जम्पाले राइजिङ पुणेबाट २ सिजन आइपीएल खेलिसकेका छन्। उक्त सिजनमा उनले शानदार बलिङ गरेका थिए। जम्पाले ११ खेलमा १९ विकेट लिएका थिए। हैदरावाविरुद्ध जम्पाले ४ ओभरमा १९ रन दिएर ६ विकेट लिएका थिए। लगातारको उत्कृष्ट प्रदर्शनका कारण उनलाई केकेआरले प्रवीणको स्थानमा भित्र्याउन सक्छ।
एडम जम्पा
जाहीर खानः अफगानिस्तानका स्टार स्पिनर जाहीरले पछिल्लो समय चर्चित लिग खेलिसकेका छन्। उनले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) सेमत खेलिसकेका छन्। लिगहरुमा राम्रो प्रदर्शन पनि गरिरहेका छन्।
जाहीर खान
२०१८ मो आइपीएल अक्सनमा जाहीरलाई राजस्थान रोयल्सले ६० लाखमा टिममा अनुबन्ध गरेको थियो। तर, चोटका कारण उनले पूरै सिजन गुमाएका थिए। लिगहरुमा उच्च लयमा देखिएका यी अफगानी स्टार स्पिनरलाई प्रवीणको स्थानमा अनुबन्ध गर्ने कोलकाताले योजना बनाएको हुन सक्छ।