एजेन्सी – बिहान सबेरै लसुनको सेवन गुणकारी मानिन्छ। खाली पेटमा दुई वा चार केस्रा लसुनको सेवनले मधुमेह, जोर्नी दुखाई जस्ता समस्यामा आराम हुन्छ। यतिमात्र होइन लसुनले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्छ।
लसुनमा थुप्रै गुणहरु छन्, यसले शरीरलाई निरोगी राख्न सहयोग पुर्याउँछ। यसले शरीरलाई उर्जा प्रदान गर्छ। बिहानै २ वा ४ केस्रा काँचो लसुन नियमित रुपमा खाँदा जोर्नीहरु दुख्ने समस्याबाट आराम मिल्ने आयुर्वेदिक विशेषज्ञहरुले बताएका छन्। यसैगरी रगतमा चिनीको मात्रासमेत नियन्त्रण गर्ने भएकाले मधुमेहका विरामीका लागि राहत मिल्छ।
लसुनको सेवनले छालासम्बन्धी समस्याहरुबाट पनि छुटकारा मिल्छ भने, पेटमा ग्यास भरिने समस्या, कब्जियत, उच्च रक्तचाप, रुघाखोकी, दम, निमोनिया र ब्रोन्काइटिस जस्ता समस्याहरुका लागि निकै फाइदाजनक हुन्छ।