एजेन्सी– एप्पल वाच र आईफोनलाई कारकाे साँचोको रुपमा प्रयोग गर्न सकिने भएकाे छ। योसँगै एप्पल वाच वा आईफोन प्रयोगकर्ताले आफ्नो कारलाई मोबाइल अथवा घडीमार्फत सञ्चालन गर्न सक्ने भएको हो।
हालै आएको एक जानकारीअनुसार आईओएस १३.४ को बेटा भर्जनमा उक्त सुविधा उपलब्ध रहेको छ। त्यसमा ‘कार की’ भन्ने छुट्टै अप्सन समेत दिइएको छ। जसमार्फत कार स्टार्ट गर्न तथा कारको ढोका खोल्न र बन्द गर्न सकिनेछ।
यद्यपी त्यसका लागि नियर फिल्ड कम्युनिकेशन(एनएफसी) युक्त गाडी हुन आवश्यक छ। यो प्रविधि पछिल्लो सयम सार्वजनिक भएका धेरै जस्तो ब्राण्डका कारमा उपलब्ध हुने गरेको छ। जसकारण यो प्रविधिलाई विश्वव्यापी रुपमै प्रयोग गर्न सकिने एप्पलकाे दावी गरेकाे छ।