एजेन्सी– ३ जना बलिया युवकको अगाडि एक्ली किशोरीको केही जोर चल्दैन भन्ने मानिन्छ तर एक किशोरीले ३ जनालाई धुलो चटाएर आफ्नो इज्जत बचाइन्। उनले एक जनाको त दाँतसमेत झारिदिएकी छिन्। दैनिक भास्करको समाचार अनुसार यी किशोरी भारतको छत्तीसगढ राज्यको रायपुरकी हुन्। उनी सोमबार बालोद-रजनांदगांव मार्ग हुँदै परीक्षा दिन गइरहेकी थिइन्।
बाटोमा उनलाई तीन जना नकाबधारीले अपहरण गरे। उनीहरुले कारमा छात्रालाई बलात्कारको प्रयास गरे। बाटोमै छात्राले विरोध गर्न सुरु गरिसकेकी थिइन्। आरोपीहरुले पाररास नाला नजिकै कार रोकेपछि छात्रा झरेर स्कुटरतर्फ भागिन्। उनले ढुंगाले हानेर एक अपहरणकारीको दाँत झारिदिइन्। त्यसपछि आरोपीहरु त्यहाँबाट भागे।
पुलिसले तीन आरोपीहरुविरुछ, अपहरण र बलात्कार प्रयास अभियोगमा मुद्दा दर्ता गरेको छ। छात्रा दुधली उच्च माविमा १२ मा पढ्छिन्। उनको स्कुलका केही संदिग्ध छात्रहरुसँग पनि सोधपुछ भइरहेको छ। सबै आरोपी नकाब लगाएका थिए त्यसैले अनुसन्धानमा कठिनाइ भएको छ।