एजेन्सी– समाजमा जातीय विभेदका कारण निकै गम्भीर परिणामहरु देखिने गरेका छन्। यस्तै एउटा घटना सोमबार भएको छ। २४ वर्षकी छोरीले अन्तरजातीय विवाह गरेपछि उनका मातापिता र भाइले इनारमा हाम्फालेर आत्महत्या गरेका छन्। आज तकका अनुसार घटना भारतको महाराष्ट्रको गडचिरोलीको हो।
गडचिरोलीका रविन्द्र वरगंटीवारको अर्को जातीका युवकसँग प्रेम थियो। उनले पितासँग आफूले तिनै युवकसँग विवाह गर्न चाहेको बताएकी थिइन्। परिवारले भने उनको यो विवाह गर्ने चाहना स्वीकार गरेनन्। परिवारले आफूहरुको सम्बन्ध अस्वीकार गरेपछि ती छोरीले प्रेमविवाह गर्ने भन्दै शनिबार घर छाडेर हिँडिन्। आइतबार उनले तीर्थषेत्र मार्कण्डादेव मन्दिरमा विवाह पनि गरिन्।
यो विवाहबाट परिवार निकै दुःखी भए। आफन्तहरुले निकै सम्झाउँदा पनि वरगंटीवार परिवार निकै तनावमा आयो। यही कारण तीनैजनाले सामूहिक आत्महत्या गर्ने फैला गरे। सोमबार दिउँसो १२ र १ बजेको बीचमा उनीहरु आनन्दनगरको खुल्ला ठाउँमा भएको इनारमा पुगे। त्यहाँ आफूहरुसँग भएको सामान किनारामा राखेर तीनैजनाले इनारमा हाम्फाले।
घटनाको जानकारी पाएपछि इनारवरिपरी ठूलो संख्यामा स्थानीय जम्मा भए। उनीहरुले पुलिलाई सूचना दिए। सूचना पाएर आएको पुलिसले घटनास्थल पुगेर तीनै जनाको शव बाहिर निकाल्यो। मृतकहरु ५० वर्षका रविन्द्र नागोराव वरगंटीवार, ४३ वर्षकी वैशाली रविन्द्र वारगंटीवार र १९ वर्षका साइराम रविन्द्र वारगंटीवार भएको समाचारमा उल्लेख छ।