काठमाडौं– हामीमा अचानक आलस्य अनुभव हुन्छ, अचानक अनुहारमा दाग, धब्बाहरु देखापर्दछ, कहिले काही पाचन तन्त्र गडबडी पनि हुन्छ। त्यस्तो भएमा हाम्रो शरीरमा विषाक्त तत्व बढेको हुन्छ। यसको लागि शरीर शुद्धिकरण गर्न यहाँ केहि तरिकाहरु छन्। जसलाई तपाईले अपनाउन सक्नुहुनेछ।
– लसुनमा प्राकृतिक एन्टिबायोटिक गुण हुन्छ। यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ, बिहान मनतातो पानीमा कागतीको रस हालेर सेवन गरौं। दिनमा दुई वा तीन पटक ग्रीन टि सेवन गरौं।
– ग्रीन टिमा एन्टिअक्सिडेन्ट हुन्छ, जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ, थोरै पानीमा दालचीनीलाई भिजाएर रातभर राख्ने। यसलाई विहान उठेपछि थोरै अदुवा मिश्रण गरेर पिउनुपर्छ। यसले शरीरमा मेटाबोलिज्म वृद्धि हुन्छ र शरीरको मोटोपन कम हुन्छ।
– राती सुत्नुअघि अलैंची, मरिच, जिरा, धनियाको बिज पानीमा डुबाउने। बिहान उठेर यस मिश्रणलाई राम्ररी उमालेर पिउनुपर्छ। मौसमी फलफूल स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। फलमा भिटामिन, फाइबर र आवश्यक पोषक तत्व हुन्छ, जो हामीलाई तन्दुरुस्त बनाउँछ।