काठमाडौँ २७ माघ– आफ्नो कार्यकाल सकिन १० महिनाअगाडि नै चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिए अब नयाँ अध्यक्ष को होला भन्ने चर्चा सुरु भएको छ।
बोर्डको अबको अध्यक्षमा चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष तथा निर्माता केशव भट्टराइको नाम चर्चामा छ। नेकपानिकट अखिल नेपाल जनसांकृतिक संघको तर्फबाट अध्यक्ष पदका लागि भट्टराइको नाम सूचना, प्रविधि तथा संचार मन्त्रालयमा पुगिसकेको छ। अब, भट्टराई अध्यक्ष बन्नका लागि २ वटा बाटो छन्।
उनलाई संचार मन्त्रीले सिधै मन्त्रीपरिषदबाट सिफारिस गरेर अध्यक्षमा चयन गर्न सक्नेछन्। भने अर्काेतिर, गोरखापत्रमा बोर्डको अध्यक्ष पदका लागि आवेदन दिन विज्ञापन निकालेर पनि प्रक्रिया अगाडि बढाउन सकिनेछ।
अहिले कुन प्रक्रियाबाट अध्यक्ष चयन गर्ने भन्ने विषयमा छलफल भैरहेको छ। तर चलचित्र विकास बोर्डमा केशव भट्टराई अध्यक्ष हुने संभावना प्रवल रहेको छ। विज्ञापनको प्रक्रियाबाट गएको खण्डमा समय लाग्न सक्छ। तर सोझै छनोट भएको खण्डमा केही दिनमै अध्यक्ष पदले पूर्णता पाउनेछ।