काठमाडौं – इजरायलको भ्रमणमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मङ्गलबार त्यहाँका पर्यटनमन्त्री यारिभ लेभिन र कृषिमन्त्री टेत्ची हानेग्बीसँग बेग्लाबेग्लै भेटवार्ता गरेर दुवै पक्षबीच पर्यटन र लगानी प्रवर्द्धन जोड दिएको छ।
तेलअविवस्थित नेपाली राजदूतावासका अनुसार दुवै देशका मन्त्रीबीच नेपाल–इजरायल प्रत्यक्ष हवाई सम्पर्क स्थापनाका साथै कृषि प्रविधि, सीप हस्तान्तरणलगायत विषयमा विचारविमर्श भएको थियो।
मन्त्री भट्टराईले इजरायली अधिकारीहरुलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेको छ। प्रत्युत्तरमा इजरायली अधिकारीहरुले सकारात्मक जवाफ दिएका थिए। (रासस)