काठमाडौँ, २७ माघ – प्रणय दिवसको अवसर पारेर ‘ओरिगानो भ्यालेन्टाइन नाइट’ आयोजना गरिने भएको छ। जेबिआर एजेन्सीले भ्यालेन्टाइन्स डेका अवसरमा ‘ओरिगानो भ्यालेन्टाइन नाइट, फेशन शो’को आयोजना गर्न लागेको हो।
आयोजक एजेन्सीका प्रबन्ध निर्देशक पुरुषोत्तम मल्लिकका अनुसार युवाहरुमा रहेको फेशनप्रतिको मोहलाई उजागर गर्ने उद्देश्यका साथ शोको आयोजना गरिएको हो।
नायक नाजिर हुसेन, नायिका स्वस्तिमा खड्का, मोडल परमिता राणा र म्यान हण्ट नेपालका विजेता ध्रुब बुढाथोकी निर्णायक रहने ‘ओरिगानो भ्यालेन्टाइन नाइट, फेशन शो’मा सबै उमेर समूहलाई समेटिने मल्लिकले बताए।
नाजिर हुसेन, ध्रुब बुढाथोकी, डिजाइनर निधि प्रधान, गायिका ग्रीष्मा संग्रौला, कोरियोग्राफर विक्रम आदित्य महासेठ लगायतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रबन्ध निर्देशक मल्लिकले नेपाली युवाहरुमा रहेको क्षमता र फेशनप्रतिको रुचिलाई अझै परिष्कृत बनाउन शोहरु आयोजना गर्ने दृढता व्यक्त गरेका छन्।