काठमाडौं– सोमबार नेपाली काँग्रेस संसदीय दलले आफ्ना राष्ट्रियसभा सदस्य स्वर्गीय दुर्गाप्रसाद उपाध्यायप्रति श्रदाञ्जली अर्पण गरेको छ। सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा श्रदाञ्जलीसभाको आयोजन गरी स्वर्गीय उपाध्यायप्रति श्रदाञ्जली अर्पण गरिएको हो।
श्रदाञ्जलीसभामा संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिनिधि र राष्ट्रियसभा सस्दस्यको उपस्थिति थियो। गत शुक्रबार उपाध्यायको आन्द्राको क्यान्सरका कारण ५० वर्षको उमेरमा निधन भएको थियो।