काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन फुकुवा भएको छ। सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि महराको संसद पद निलम्बन फुकुवा भएको हो।
अदालतले महराले सफाइ पाएको पत्र मंगलबार संसद सचिवालयलाई पठाएपछि उनको निलम्बन फुकुवा भएको हो। सभामुख अग्नि सापकोटाले मंगलबारको संसद बैठकमा महराको सांसद पद निलम्बन फुकुवा भएको जानकारी गराएका छन्।
यौन दूराचारको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। महराविरुद्ध प्रहरीले यौन दुराचारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि सांसद पद निलम्बन भएको थियो।