काठमाडौं — राष्ट्रियसभाले पूर्वसांसद भागवत ज्ञवालीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
मंगलबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारणसमेत गरिएको छ।
पूर्वसांसद ज्ञवाली वि।सं। २०४८ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए।
नेपाली कांग्रेस गुल्मीका प्रथम जिल्ला सभापति ज्ञवालीको ७५ वर्षको उमेरमा मंगलबार बिहान ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा अल्सर रोगबाट निधन भएको थियो। रासस