प्युठान - नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताएका छन्।
हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा आज जुिम्रमा भएको ‘नेपालको सन्दर्भमा मिलियन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को यथार्थता र आवश्यकता’ विषयक अन्तर्तक्रिया कार्यक्रममा उनले नेपाल सरकार र मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बीच सम्झौता भए अमेरिकी फौजी रणनीति नेपालको सन्दर्भमा अमान्य हुने बताए।
“मुलुकको विकासका लागि पचास करोड अमेरिकी डलर आइरहेको बेला कार्यान्वयन प्रक्रियामा झमेला गर्नुहुन्छ भन्ने तर्कहरु पनि छ तर जतिसूकै धनराशि भए पनि राष्ट्रिय सम्मान तथा अस्मितामा आँच पुग्ने र हाम्रा आफ्ना स्वतन्त्र अस्तित्व, अन्तरराष्ट्रिसम्बन्धका सिद्धान्तको विपरीत हुँदाहुँदै पनि सरकारले एमसीसी स्वीकारे गलत हुन्छ”, उनले भने ।