जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनको क्रममा लगाइएका ‘झुठा मुद्दा’ हरु फिर्ता लिन माग गरेका छन्।
७० औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले जेल जीवन बिताइरहेकाहरुको मुद्दा फिर्ता लिन संघीय सरकारलाई आग्रह गरेका हुन्।
उनले संघीयताको पहिलो खुड्किलो नै प्रजातन्त्र भएको पनि बताए। लोकतन्त्रको उच्चतम बिन्दु संघीय गणतन्त्र आइसकेको अवस्थामा शहीदहरुले देखाएको बाटोमा जनप्रतिनिधीहरू हिंड्नुपर्ने उनले बताए।