काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बालुवाटार बोलाएका छन्। ओलीले बाँस्कोटालाई बोलाएर राजीनामा दिन निर्देशन दिन्छन् या के गर्छन् भन्नेबारे खुलाइएकाे छैन।
बिहीबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डबीचको छलफलमा प्रचण्डले बाँस्काटोले राजीनामा दिनु ठीक हुने सुझाव दिएका छन्।
७० करोड रुपैयाँ कमिसनमा मुछिएपछि बाँस्कोटालाई राजीनामा दिन दवाव परेको छ। मन्त्री बाँस्कोटा नेपालगञ्ज छन्। त्यहाँबाट फर्किएपछि उनी बालुवाटार जाने स्रोतले जनाएकाे छ।