काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गरेकाे छ।
सेक्युरिटी प्रेस स्थापनाका क्रममा अनियमितता भएको विषयलाई लिएर कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको हाे।
।सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाको कमिसन मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो।
७० देखि ७५ करोड कमिसन आउने र कमिसनको ७० प्रतिशत सञ्चारमन्त्रीले लिने अडियो वार्ता बाहिर आएको भन्दै कांग्रेसले बाँस्कोटालाई बर्खास्त गर्नपर्ने माग गरेकाे छ।