काठमाडौं– सेक्युरिटी प्रिन्टिङ प्रेस र एमसीसीबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्ने भएको छ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै एमसीसी र भ्रष्टाचार नियन्त्रणको विषयमा पार्टी्भित्र गम्भीर छलफल हुने बताएका थिए। उनी चितवनबाट काठमाडौं फर्किए लगत्तै बैठक बस्ने भएको हो।
बैठक मुख्यगरी सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन माग गरेको अडियो प्रकरणपछि उत्पन्न परिस्थिति र शुक्रवार एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनको विषयमा छलफल हुने छ।
बैठकमा नयाँ सञ्चारमन्त्री र सहरी विकास मन्त्री चयनका विषयमा पनि छलफल हुने सम्भावना रहेको बालुवाटार निकट श्रोतले जनाएको छ।