काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। बालुवाटारमा भएको भेटवार्तामा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।
कार्यदलले सुझावसहित दिएको एमसीसीको प्रतिवेदनलाई कसरी अघि बढाउने, संविधान संसोधनका लागि कार्यदल गठन भएपछि उत्पन्न प्रतिक्रिया एवंम रिक्त रहेको उपसभामुख पद कसलाई दिने भन्नेमा समेत दुई अध्यक्षबिच सघन छलफल भइरहेको बुझिएको छ।