काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस नगर्ने बताएका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने बुधबार बसेको सचिवालय बैठकको निर्णय लगत्तै आफ्ना विरुद्ध ‘खेल’ भएको भन्दै ओलीले उक्त निर्णय नमान्ने बताएका हुन्।
सचिवालयका केही नेतालाई फोन गरेर ओलीले वामदेवलाई राष्ट्रियसभामा सिफारिस नगर्ने चेतावनी दिएको स्रोतले बतायो। बुधबार बसेको सचिवालय बैठकमा ’अन्य सदस्यहरूले पहिल्यै निर्णय गरेर आएकाले वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरौँ’ भनेर असन्तोष मिश्रित भाषामा स्वीकृति दिएको सचिवालयका एक सदस्यले बताए।
सचिवालय बैठकमा ओलीले भने– ‘मेरा विरुद्ध खेल भयो, सामना गर्न तयार छु’