काठमाडौँ, २९ माघ–अर्पण थापा निर्देशित हरर चलचित्र ‘घर’ को सोमबार २० दिनमै छायाङ्कन सकिएको छ। छायाङ्कन छोटो समयमा सकिए पनि चलचित्र उत्कृष्ट बनेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले दाबी गरेकी छिन्।
चलचित्र काठमाण्डाैँको बुढानिलकण्ठ आसपासमा छायाङकन गरिएको छ।निर्देशक थापा स्वयंको कथामावस्तु चलचित्र आधारित रहेकोछ। भने चलचित्रमा उनी नै लिड रोलमा रहनेछन्।
चलचित्र डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो। यसलाई निरज कँडेलले खिचेका छन्। दीपेन्द्र के खनाल र सुरज पाण्डे चलचित्रको प्रस्तुतकर्ता हुन्। चलचित्रको प्रदर्शन मिति केही दिनमा तोकिने निर्देशक थापाले बताए। चलचित्रमा अर्पणका साथै नायिका बेनिशा हमाल, सुरक्षा पन्त, अस्मिता खनालको अभिनय रहेको छ।
चलचित्र प्रस्तुतकर्ता दिपेन्द्रले भने - यो चलचित्रले दर्शकलाई तर्साउनेछ। हामीले कथावस्तुदेखि धेरै कुरामा मेहनेत गरेका छौँ। अब, भीएफएक्सको पनि काम धेरै छ। यसमा नायिका सुरक्षा, अर्पणकी श्रीमतीको भूमिकामा छिन्। भने बेनिशाले आफ्नो गेटअप केही फरक रहेको बताएकी छन्।